शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पक्राउ 

सुनका गरगहना खरिद गर्ने बहानामा चोरी गर्ने पक्राउ

सुनका गरगहना खरिद गर्ने बहानामा चोरी गर्ने पक्राउ

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको प्रहरीले जनाएको छ ।

बिहीबार , साउन ३१ २०८१
बिहीबार , साउन ३१ २०८१
  • काठमाडौं । सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका– ३ पुलचोक बस्ने ५२ वर्षीया लिना नकर्मी र काठमाडौं महानगरपालिका– २३ बिशालबजार बस्ने जगन्ननाथ ज्वलेर्सका संचालक भारत पश्चिम बंगाल राज्य मोदिनिपुर घाटल थाना कुशपता ग्राम घर भएका ५२ वर्षीय चित्र रञ्जन हजारा रहेका छन् । 

    काठमाडौं महानगरपालिका– २२ न्यूरोडस्थित नारायण ज्वेलर्सबाट करिब ५२ वर्षीया अपरिचित महिलाले शुक्रबार दिउँसो सुनका गहना खरिद गर्ने भनी २ तोला २० लालको सुनको सिक्री लिई फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न लिनालाई ललितपुर पुल्चोकबाट पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा लिनाले चोरी गरेको सुनका गरगहना काठमाडौं न्यूरोडस्थित जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको भन्ने खुल्न आएपछि ज्वेलर्सका सञ्चालक रञ्जनलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

    लिनाले यस अघि चोरीका करिब १७ ग्राम बराबरको सुनको सिक्री १ थान जगन्नाथ ज्वेलर्सलाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ भने प्रहरीले लिनाको साथबाट करिब २ तोला बराबरको सुनको सिक्री १ थान समेत बरामद गरेको छ । 

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार