शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

पक्राउ पर्नेमा सिन्धुली फिक्कल गाउँपालिका– ३ घर भई काठमाडौं महानगरपालिका– ३१ शान्तिनगर बस्ने ३३ वर्षीय रवि क्षेत्री रहेका छन् । 

बुधबार, साउन ३० २०८१
बुधबार, साउन ३० २०८१
  • काठमाडौं । वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सिन्धुली फिक्कल गाउँपालिका– ३ घर भई काठमाडौं महानगरपालिका– ३१ शान्तिनगर बस्ने ३३ वर्षीय रवि क्षेत्री रहेका छन् । 

    आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदन्छु भन्दै रविले १ जना पीडितबाट ५ लाख २० हजार रूपैयाँ लिई सम्पर्क विहीन भए पश्‍चात पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो  ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार