रौतहट । गढीमाई नगरपालिका– १ समनपुरबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँका बस्ने ५२ वर्षीय बिरेन्द्र राउत रहेका छन् । उनलाई १ थान कटुवा पेस्तोल सहित प्रहरीले पक्राउ गरेको हो ।
राउतको घरमा पेस्तोल रहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले उनको घरको आँगनमा झारपातले छोपी लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ ।
