शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पक्राउ 

हत्या गरेको आरोपमा पक्राउ

हत्या गरेको आरोपमा पक्राउ

२१ वर्षीय कुशल दाहालको हत्या गरेको आरोपमा सोही नगरपालिका– ५ बस्ने सुभास तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

शुक्रबार, साउन १८ २०८१
शुक्रबार, साउन १८ २०८१
  • मोरङ । उर्लाबारी नगरपालिका– ४ आइतबारे बस्ने २१ वर्षीय कुशल दाहालको हत्या गरेको आरोपमा सोही नगरपालिका– ५ बस्ने सुभास तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

    सुभासले मंगलबार साँझ आफ्नै कोठामा लाठी, खुकुरी, चुप्पीले प्रहार गर्दा गम्भीर घाइते भएका कुशलको झापा विर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    प्रहरीका अनुसार वारदात पश्चात फरार रहेका सुभासलाई अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले सुन्दर हरैंचा नगरपालिका– ४ बलियाबाट पक्राउ गरेको हो ।

    उनी उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार