शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

रुकुम पश्चिममा १३ वर्षीया बालिका बलात्कृत, ४ जना युवक पक्राउ 

रुकुम पश्चिममा १३ वर्षीया बालिका बलात्कृत, ४ जना युवक पक्राउ 

पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका– १ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी, २३ वर्षीय रोमन किङ गोसाई र ३७ वर्षीय धर्मराज बिक रहेका छन् । 

बुधबार, साउन १६ २०८१
बुधबार, साउन १६ २०८१
  • रूकुम पश्‍चिम । रुकुम पश्चिममा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ४ जना युवकलाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका– १ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी, २३ वर्षीय रोमन किङ गोसाई र ३७ वर्षीय धर्मराज बिक रहेका छन् । 

    उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका– १ चौरजहारी बजारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

    पक्राउ परेका युवकहरुलाई अदालतबाट म्याद लिई घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार