काठमाडौं । नेताहरुको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेका कारण पक्राउ परेका पुष्कर खतिवडालाई अदालतले थुनामा राख्न अनुमति दिएको छ ।
आफूलाई ज्योतिषी तथा धर्मगुरु दाबी गर्ने खतिवडाले घरमा जग्गे थापेर शिर्ष नेताहरुको फोटा राखेर उनीहरुको मृत्युको कामना गरेको फोटा सार्वजनिक भएको थियो । फोटा सार्वजनिक भएपछि प्रहरीले उनलाई सोमबार महाराजगञ्जस्थित उनकै निवासबाट पक्राऊ गरेको थियो ।
पक्राउ परेका खतिवडालाई विद्युतीय कारोबार कसुरमा जिल्ला अदालत काठमाडौंले प्रहरीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
खतिवडाले चार दिन अघि सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामना गरेर यज्ञ हुन लागेको भन्दै सहभागीका लागि आह्वान समेत गरेका थिए ।
