दाङ । दाङमा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको राजपुर गाउँपालिका– १ रसरी बस्ने ३८ वर्षीय गणेश घर्ती रहेका छन् । घर्तीले आफ्नै श्रीमती ३७ वर्षीया बसन्ती घर्तीको रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घर्तीले श्रीमती बसन्तीको हत्या गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी बेला र इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका घर्तीमाथि जिल्ला अदालत दाङबाट म्याद लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
