रौतहट । चन्द्रपुर नगरपालिका– १० बालचनपुरबाट एक हजार दरको १३ थान नक्कली नेपाली नोट सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका- ८ बस्ने ३२ वर्षीय नजरे आलम र २४ वर्षीय ईमामुल हक दर्जी रहेका छन् । उनीहरुलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बाग्मती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा नक्कली नोट ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्याल चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित पेट्रोल पम्पमा पेट्रोल हाल्दै गरेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा सिट कभरभित्र लुकाई राखेको उक्त नक्कली नोट फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
