शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

समझदारी-पत्र

एनसिबि काठमाडौं र राहदानी विभागबीच समझदारी-पत्रमा हस्ताक्षर

एनसिबि काठमाडौं र राहदानी विभागबीच समझदारी-पत्रमा हस्ताक्षर

National Central Bureau Kathmandu र राहदानी विभागबीच समझदारी-पत्रमा हस्ताक्षर भएको

बिहीबार , साउन १० २०८१
बिहीबार , साउन १० २०८१
  • काठमाडौं । Direct Access to the Interpol Information System सम्बन्धमा सहकार्य गर्न National Central Bureau Kathmandu र राहदानी विभागबीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ । 

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिहीबार उक्त समझदारी–पत्रमा हस्ताक्षर गरेका हुन् । साथै उनीहरुले समझदारी–पत्र आदान प्रदान समेत गरे । 

    सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डाटावेशहरू मध्ये SLTD (Stolen and Lost Travel Document) Database हाल नेपालले पनि प्रयोग गर्दै आएको र उक्त डाटावेशलाई व्यवस्थित गर्न इन्टरपोलद्वारा WISDM (INTERPOL Web Services For Data Management) प्रविधि इन्टरपोलका सदस्य राष्ट्रहरूलाई आवश्यकता अनुसार प्रदान गरेको चर्चा गरे । साथै WISDM लाई प्रयोग गर्ने सम्भावनाको यकिन गर्न पाइलट फेज संचालन गर्दा राहदानी विभागको सिस्टममा एकिकृत गर्न सकिने भनि राहदानी विभागद्वारा भएको सुझाव अनुरूप नै यो समझदारी भएको उनले बताए । 

    प्रहरी महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्ध गरिएका राहदानीहरूको नेपालमा मात्र नभएर वैदेशिक भूमिमा समेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डाटावेशमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने, लामो र झन्झटिलो प्रकृया यस पश्चात सहज र छिटो हुनुका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबीचमा समेत समन्वय हुने विश्वास व्यक्त गरे । 

    समारोहमा राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्यालले  समझदारीको महत्व र औचित्यताको बारेमा आफ्नो विचार सहितको मन्तव्य व्यक्त गर्दै राहदानीको दुरूपयोगबाट हुने अपराध नियन्त्रण गर्न यस समझदारीले सहयोग पुर्‍याउने उल्लेख गरे । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग भएको सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने उनले बताए ।

    समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा राहदानी विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार