शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

छोराको ढुंगा प्रहारबाट बाबुको हत्या 

छोराको ढुंगा प्रहारबाट बाबुको हत्या 

बुवा छोराबीच झगडा हुँदा छोरा निराजन कुमालको ढुंगा प्रहारबाट बुबा ४३ वर्षीय प्रेम कुमालको हत्या भएको हो । 

बुधबार, साउन २ २०८१
बुधबार, साउन २ २०८१
  • नवलपरासी पूर्व । नवलपरासी पूर्वमा छोराले ढुंगा प्रहार गरी बाबुको हत्या गरेका छन् । 

    जिल्लाको कावासोती नगरपालिका– ५ ठकुरीचोकमा आज बिहान बुवा छोराबीच झगडा हुँदा छोरा निराजन कुमालको ढुंगा प्रहारबाट बुबा ४३ वर्षीय प्रेम कुमालको हत्या भएको हो । 

    बुबा प्रेमको कुटाइबाट घरमा पालेको कुकुरको मृत्यु भएपछि प्रेम र छोरा निराजनबीच विवाद भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलले जानकारी दिए । सोही विषयमा विवाद भएपछि निराजनले बुवा प्रेममाथि ढुंगा प्रहार गरेका थिए । 

    प्रहरीका अनुसार ढंगा टाउकोमा लाग्दा प्रेमको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाएपछि प्रहरीले छोरा निराजनलाई पक्राउ गरेको र यस विषयमा थप अनुसन्धान भैरहेको डिएसपी पौडेलले बताए । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार