शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

नक्कली परीक्षार्थी

प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ 

प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ 

प्रहरीका अनुसार तीन जनालाई प्रहरी वृत्त बानेश्वर, दुई जनालाई प्रहरी वृत्त गौशाला र एक जनालाई प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो ।

शनिबार, असार ३० २०८१
शनिबार, असार ३० २०८१
  • काठमाडौं । प्रहरी जवान (जनपद) को लिखित परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । 

    आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको छ । 

    प्रवक्ता अधिकारीका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालीकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका इशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिँदै गरेकी दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका छन् । 

    त्यस्तै सविन महाराको नाममा परीक्षा दिँदै गरेका दार्चुलाका रवीन्द्र महरा, प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द र पारस बुढाको नाममा परीक्षा दिँदै गरेका रोशन खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

    प्रहरीका अनुसार तीन जनालाई प्रहरी वृत्त बानेश्वर, दुई जनालाई प्रहरी वृत्त गौशाला र एक जनालाई प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार