काठमाडौं । ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका– ५ घर भई ललितपुर महानगरपालिका– १८ भैंसेपाटी बस्ने ३७ वर्षीया विपना घिमिरे रहेका छन् ।
जिल्ला अदालत मकवानपुरबाट २०८१ जेठ ८ गते ठगी मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका– ७ पाँगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ ।
