संखुवासभा । संखुवासभामा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको पाँचखपन नगरपालिका– २ गैरीगाँउ बस्ने २८ वर्षीय सुमन राई रहेका छन् । सुमनलाई आफ्नै बुबा ५० वर्षीय युवराज राईको हत्या गरेको आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार उनीहरूबीच वादविवाद भई सुमनले कुटपिट गर्दा गम्भीर घाइते भएका युवराजको स्वास्थ्य चौकी स्याबुन हुँदै जिल्ला अस्पताल खाँदबारीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
