मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

पक्राउ 

नाबालिकालाई बेश्याबृत्तिमा लगाएको आरोपमा २ जना पक्राउ

नाबालिकालाई बेश्याबृत्तिमा लगाएको आरोपमा २ जना पक्राउ

पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका– १ घर भएका ३३ वर्षीय बीर बहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन् ।

बुधबार, असार २७ २०८१
बुधबार, असार २७ २०८१
  • काठमाडौं । नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाएको आरोपमा २ जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।  

    पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका– १ घर भएका ३३ वर्षीय बीर बहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन् ।

    उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका– १ मनोहरा–जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा लगाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 

    प्रहरीले उक्त गेष्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्दार गरेको छ । उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार