शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराज

पाँचथरमा कुटपिटबाट एक जनाको मृत्यु, ३ घाइते 

पाँचथरमा कुटपिटबाट एक जनाको मृत्यु, ३ घाइते 

मृत्यु हुनेमा जिल्लाको फिदिम नगरपालिका– १४ आहालका ३७ वर्षीय दिनेशकुमार राई रहेका छन् ।

शुक्रबार, असार २२ २०८१
शुक्रबार, असार २२ २०८१
  • पाँचथर । पाँचथरमा अज्ञात व्यक्तिहरुको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जिल्लाको फिदिम नगरपालिका– १४ आहालका ३७ वर्षीय दिनेशकुमार राई रहेका छन् । घाइते हुनेमा पर्शु राई, धुव्र राई र पुस्कार विक रहेका छन् । 

    गए राती गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी, झाक्री) हेर्न गएका दिनेशसहित उनीहरुमाथि अज्ञात व्यक्तिहरुको समूहले कुटपिट गरेको थियो । घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल लगिएको र दिनेशको आज बिहान उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए । 

    घाइते मध्ये पुस्कर र धुव्र विक सामान्य उपचार पछि डिस्चार्ज भएका छन् । कुटपिटमा संलग्न व्यक्तिहरुको पहिचान हुँन बाँकी रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार