धनुषा । जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– ६ लक्ष्मिपुरबाट १ थान मेड इन युएसए लेखिएको पेस्तोल, गोली ६ राउण्ड र १ थान म्याग्जिन सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार सितामढी ग्राम पन्चायत बैरगिनिया– ५ बस्ने २७ वर्षीय महमद अनवर खान रहेको प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको र उनले प्रयोग गरेको वीआर ०६ डीए ६०६३ नम्बरको सुजुकी भ्यान समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस विषयमा आवश्यक अनुसन्धान भैरहेको छ ।
