काठमाडों । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ललितपुर र तनहुँबाट २ जनालाई पक्राउ गरेको छ ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ललितपुरको कोञ्ज्योसोम गाउँपालिका– ४ नल्लु बस्ने ४० वर्षीय कुमार केसीलाई पक्राउ गरेको हो ।
केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै उता तनहुँमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका– १ नाहाला बस्ने ५९ वर्षीय बम बहादुर कुँवर रहेका छन् ।
उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कुँवरले ती बालिकालाई आइतबार दिउँसो ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार दुवै घटनामा आवश्यक अनुसन्धान भैरहेको छ ।
