शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पक्राउ 

भरूवा बन्दुकसहित दुई जना पक्राउ

भरूवा बन्दुकसहित दुई जना पक्राउ

भरुवा बन्दुकसहित कैलाली र पाल्पाबाट दुई जना पक्राउ परेका छन् । 

बुधबार, असार ६ २०८१
बुधबार, असार ६ २०८१
  • काठमाडौं । भरुवा बन्दुकसहित कैलाली र पाल्पाबाट दुई जना पक्राउ परेका छन् । 

    कैलालीको घोडाघोडी नगरपालिका– १२ नकफोडुवा बस्ने ३७ वर्षीय मोहन बहादुर खत्रीलाई भरूवा बन्दुक ३ थानसहित प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। 

    यता, पाल्पाको रैनादेवी छहरा गाउँपालिका– १ सिद्धेश्वरबाट पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३६ वर्षीय ईश्‍वर कुमाल रहेका छन् । उनलाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

    ईश्‍वरले सोमबार राति जङ्गलमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने ३४ वर्षीय टोप बहादुर कुमाल घाइते भएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले ईश्‍वरको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको जनाइएको छ ।

    प्रहरीका अनुसार दुवै घटनाको विषयमा आवश्यक थप अनुसन्धान भैरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार