शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पक्राउ 

भ्रष्टाचार विरोधी अभियान्ताका नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ 

भ्रष्टाचार विरोधी अभियान्ताका नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ 

पक्राउ पर्नेहरुमा गोकर्णेश्वर बस्ने ३१ वर्षीय राजु सुनार, २० वर्षीया अस्मीता खत्री, २६ वर्षीय आदर्श क्षेत्री र ४५ वर्षीय प्रेम प्रसाद श्रेष्ठ रहेका छन् ।

मंगलबार, असार ५ २०८१
मंगलबार, असार ५ २०८१
  • काठमाडौं । आफूहरु भ्रष्टाचार विरोधी अभियान्ता भएको भन्दै कार्यालय खोलेर ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । 

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका भित्र बेथिति एवम् भ्रष्टाचारविरोधी अभियान २०८० नामको संस्था गैर कानूनी रुपमा खोलेर ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । 

    पक्राउ पर्नेहरुमा गोकर्णेश्वर बस्ने ३१ वर्षीय राजु सुनार, २० वर्षीया अस्मीता खत्री, २६ वर्षीय आदर्श क्षेत्री र ४५ वर्षीय प्रेम प्रसाद श्रेष्ठ रहेका छन् । उनीहरुले संस्थाहरु विभिन्न वडामा समेत खोलेर शाखा समेत विस्ता गरेको जनाइएको छ । 

    उनीहरु चारै जनाविरुद्ध प्रहरी वृत्त बौद्धमा जाहेरी परेकाले उनीहरुलाई पक्राउ गरिएको र यस विषयमा थप अनुसन्धान भैरहेको एसपी अधिकारीले बताए । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार