धनकुटा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट एक जना पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका– ११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाल रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका– ६ भेडेटारस्थित होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।
पक्राउ परेका अग्रवालमाथि जिल्ला अदालतबाट म्याद थप गरी यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
