शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सहकारी ठगी प्रकरण

कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ जना पक्राउ 

कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ जना पक्राउ 

प्रहरीका अनुसार ५६६ जना बचतकर्ताले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

आइतबार, असार ३ २०८१
आइतबार, असार ३ २०८१
  • काठमाडौं । बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेका ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा अध्यक्ष थापासहित सहकारीकी व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरु भिसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । 

    प्रहरीका अनुसार ५६६ जना बचतकर्ताले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । २ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

    पक्राउ परेका थापासहितको साथबाट प्रहरीले गाडी, मोबाइल, केही चेक, पेन्ड्राइभ र गोरखा टिभीको परिचयपत्र लगायतका सामान बरामद गरेको र यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार