शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका– १ घर भई हाल काठमाडौं कागेश्‍वरी मनोहरा नगरपालिका– ६ बस्ने ७२ वर्षीय केदार भन्ने दुर्ग बहादुर दमाई र ५३ वर्षीय साधु राम भन्ने खड्ग बहादुर दमाई रहेका

बिहीबार , जेठ ३१ २०८१
बिहीबार , जेठ ३१ २०८१
  • काठमाडौं । कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादीहरू २३ वर्षपछि पक्राउ परेका छन् । 

    पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका– १ घर भई हाल काठमाडौं कागेश्‍वरी मनोहरा नगरपालिका– ६ बस्ने ७२ वर्षीय केदार भन्ने दुर्ग बहादुर दमाई र ५३ वर्षीय साधु राम भन्ने खड्ग बहादुर दमाई रहेका छन् । 

    प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं कागेश्‍वरी मनोहरा नगरपालिका– ६ बाट मंगलबार पक्राउ गरेको हो ।

    कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत दोलखाबाट २०५३ माघ २५ गते सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर भई कैद भुक्तान गर्दै आएकोमा राष्ट्रिय प्रजातन्त्र दिवस २०५६ को उपलक्ष्यमा कारागार शाखा काठमाडौंको २०५६ फागुन ७ गतेको पत्र अनुसार उनीहरू कैद मुक्त भएका थिए । 

    साथै उक्त फैसला उपर पुनरावेदन परी सर्वोच्च अदालतबाट २०५८ मंसिर ७ गते उनीहरूलाई जन्मकैद हुने ठहर गरी फैसला भएकोमा ११ वर्ष ४ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए । 

    उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार