भोजपुर । आफ्नै आमाको हत्या गरेको आरोपमा भोजपुरमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको अरूण गाउँपालिका– ४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङ रहेका छन् । मिलनले ६८ वर्षीया आमा निर कुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।
अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
