शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

बलात्कार आरोपी उपसचिव रुपेशकुमार साहले गरे प्रहरी समक्ष आत्मसमपर्ण 

बलात्कार आरोपी उपसचिव रुपेशकुमार साहले गरे प्रहरी समक्ष आत्मसमपर्ण 

उपसचिव साहले ‘भगवानको प्रसाद’ भन्दै पेडामा नसालु पदार्थ मिसाएर खान दिएर बलात्कार गरेको उनीमाथि आरोप छ । 

सोमबार, जेठ २८ २०८१
सोमबार, जेठ २८ २०८१
  • जनकपुरधाम । जबरजस्ती करणीको अभियोगमा फरार भएका मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव रुपेश कुमार साहले प्रहरी समक्ष आत्मसमपर्ण गरेका छन् । 

    प्रहरी स्रोतका अनुसार साहले गत शनिबार नै धनुषा प्रहरी समक्ष आत्मसमपर्ण गरेका हुन् । मधेश भवनस्थित सरकारी क्वाटरमा गत माघ १८ गते राती १० बजेतिर उपसचिव साहले ‘भगवानको प्रसाद’ भन्दै पेडामा नसालु पदार्थ मिसाएर खान दिएर बलात्कार गरेको उनीमाथि आरोप छ । 

    पीडित महिलाले गत साता उपसिचव साहले आफूलाई बेहोस बनाएर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि धनुषा जिल्ला अदालतले साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यस यता उनी फरार रहेका थिए । 

    साहले पीडित महिलाको श्रीमान नभएको मोका छोपेर राती कोठमा गएर नसालु पदार्थ मिसिएको पेडा दिएका थिए । उनले प्रहरी समक्ष आत्मसमपर्ण गरेसँग यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार