शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

पक्राउ पर्नेमा सोही स्थानमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोल रहेकी छन् ।

आइतबार, जेठ २७ २०८१
आइतबार, जेठ २७ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिका– १४ कलंकीमा बाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा सोही स्थानमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोल रहेकी छन् । उनलाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित प्रहरीले  शनिबार राति पक्राउ गरेको हो । 

    प्रहरीका अनुसार डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार