शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

आगजनी 

गृहमन्त्री विराटनर आएको बेला योजना आयोगको गाडीमा विद्यार्थीले गरे आगजनी 

गृहमन्त्री विराटनर आएको बेला योजना आयोगको गाडीमा विद्यार्थीले गरे आगजनी 

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी चढेको १ झ ६४४ नम्बरको स्कारपीयो गाडीमा विद्यार्थीहरुले आगजनी गरेका हुन् ।

आइतबार, जेठ २७ २०८१
आइतबार, जेठ २७ २०८१
  • विराटनगर । विराटनरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् । 

    रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीहरुको रिहाईको लागि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले आज सरकारी गाडीमा आगजनी गरेका हुन् । 

    प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी चढेको १ झ ६४४ नम्बरको स्कारपीयो गाडीमा विद्यार्थीहरुले आगजनी गरेका हुन् । त्यस्तै, विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा पार्किङमा राखिएको अन्य पाँच वटा गाडीमा समेत तोडफोड भएको छ । 

    पर्खाल नाघेर आएका करिब ९ जनाको समूहले तोडफोड गरेर फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्नको खोजी कार्य भैरहेको छ । 

    गृहमन्त्री रवि लामिछानेसहित सुरक्षा प्रमुखहरु विराटनगरमै भएको बेला यो घटना भएको हो । आजदेखि सुरु हुने दुई दिने राष्ट्रिय सुरक्षा गोष्ठिमा सहभागी हुन गृहमन्त्रीसहित सुरक्षा अधिकारीहरु विराटनगर आएका थिए । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार