सुर्खेत । दैलेख र अछामलाई जोड्ने कर्णाली नदिमाथिको झोलुङ्गे पुलको लठ्ठा चुडिंदा १४ वटा खच्चर पुलमै अड्किएका छन् ।
पुलमा खच्चर जाँदैगर्दा एकतर्फको लठ्ठा चुडिंएपछि खच्चर तारमा फसेका छन् । पुलको लठ्ठा चुडिंएसँगै हाल दुई जिल्लाबीच आउजाउ पनि रोकिएको छ । यो पुलले दैलेखको आठविस नगरपालिका– ४ र अछामको पञ्चदेवल विनायक नगरपालिका– ९ लाई जोड्ने गर्दछ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले घटनाको विषयमा जानकारी आएलगत्तै उद्धार टोली खटाइएको जानकारी दिए ।
अछामबाट दैलेखमा दैनिक उपभोग्य सामग्री ढुवानीका लागि ल्याइएका खच्चड कर्णाली नदीको झोलुङ्गे पुलको एकातर्फका्े फलामे लठ्ठा चुँडिंदा पुलमै अड्किएका हुन् ।
