शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

विमान दुर्घटना

अपोलो– ८ का अन्तरिक्ष यात्री विलियम एन्डर्सको विमान दुर्घटनामा मृत्यु

अपोलो– ८ का अन्तरिक्ष यात्री विलियम एन्डर्सको विमान दुर्घटनामा मृत्यु

सन् १९६८ डिसेम्बरमा मा अपोलो– ८ मा मिशनको सदस्य एन्डर्स उनका समकक्षी फ्रान्क बोरम्यान र जेम्स लवेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्ति मध्यका एक थिए।

शनिबार, जेठ २६ २०८१
शनिबार, जेठ २६ २०८१
  • एजेन्सी । ५५ वर्ष अघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको ९० वर्षको उमेरमा शुक्रबार विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ । 

    एडर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनका छोरा ग्रेगरी एन्डर्सले अमेरिकी मिडियालाई बताएका छन् । विमानमा विलियम एक्लै थिए । शेरिफ एरिक पिटरले दुर्घटना  क्षेत्रमा खोजी कार्य भैरहेको तर अहिलेसम्म कुनै शव फेला नपरेको बताए । 

    सन् १९६८ डिसेम्बरमा मा अपोलो– ८ मा मिशनको सदस्य एन्डर्स उनका समकक्षी फ्रान्क बोरम्यान र जेम्स लवेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्ति मध्यका एक थिए।

    चन्द्रमाको एउटा कक्षबाट एन्डर्सले अन्तरिक्षको विशाल अन्धकारकोविरुद्ध चम्किलो निलो पृथ्वीको फोटो खिचेका थिए । ‘अर्थराइज’ नामक उक्त तस्बिर प्रायः प्रमुख ऐतिहासिक छविहरूको राउन्डअपहरूमा सूचीबद्ध गरिएको छ र लाईफ म्यागजिनको पुस्तक ‘संसार बदलेको १०० तीबीरहरु’ को सूचीमा समावेश गरिएको छ । 

    “१९६८ मा अपोलो– ८ को समयमा बिल एन्डर्सले एक अन्तरिक्ष यात्रीले मानवतालाई दिन सक्ने सबैभन्दा ठूलो उपहार प्रदान गर्नुभएको थियो,” नासा प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । 

    सन् १९३३ अक्टोबर १७ मा हङकङमा जन्मेका एन्डर्सले अन्तरिक्ष यात्रीको रुपमा आफ्नो समयपछि विभिन्न प्रविधि सम्मबद्ध सरकारी पदहरु सम्हालेका थिए । उनी विशेष गरी आणविक नियामक निकायको पहिलो अध्यक्ष बनेका थिए र त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतको रुपमा पनि सेवा गरेका थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार