बुधबार, कात्तिक ५ गते २०८३    

बुधबार, कात्तिक ५ गते २०८३    

एनपीएल

एनपीएलमा पहिलो पटक डिआरएसको प्रयोग हुँदै

एनपीएलमा पहिलो पटक डिआरएसको प्रयोग हुँदै

मंगलबार, कात्तिक ४ २०८३
मंगलबार, कात्तिक ४ २०८३
  • नेपाल प्रीमियर लिग (एनपीएल) मा 'डिसिजन रिभ्यु सिस्टम' (डिआरएस) प्रविधिको प्रयोग गरिने भएको छ ।

    एनपीएलको आधिकारिक पेज मार्फत विजया दशैंको शुभकामना दिँदै एनपीएलको यस सिजनमा डिआरएसको प्रयोग गरिने जानकारी दिएको हो । डिआरएसको प्रयोग नेपाली क्रिकेटमा एउटा नयाँ कोसेढुङ्गा भएको बताइएको छ ।

    यस अघि क्यानका सचिव पारस खड्काले एनपीएलमा डिआरएस प्रविधि ल्याउने बारेमा आवश्यक पहल भैरहेको जानकारी दिएका थिए भने आईसीसीले एनपीएललाई औपचारिक मान्यता दिएमा डिआरएस सम्भवतः डिआरएस ल्याउने बताएका थिए ।

    आईसीसीले एनपीएललाई आधिकारिक रुपमा मान्यता दिएसँगै डिआरएस प्रविधिको प्रयोग गरिने भएको हो । डिआरएस प्रविधि पछिल्लो समय क्रीकेटमा प्रयोग हुँदै आएको चर्चित प्रविधी हो ।

    डिआरएस प्रयोग हुने भएपछि खेलको निष्पक्षता र निर्णयको विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ।

    डीआरएस लागू भएपछि अम्पायरको निर्णयमा असहमति भए खेलाडीले नियमअनुसार त्यसलाई चुनौती दिन सक्नेछन्।

    प्रविधिको सहायताले एलबीडब्लू, क्याच र अन्य महत्त्वपूर्ण निर्णय पुनरावलोकन गर्न सकिने भएकाले गलत निर्णयबाट खेलको नतिजामा पर्न सक्ने प्रभावसमेत कम हुनेछ।

    यसले खेललाई थप प्रतिस्पर्धात्मक र विश्वसनीय बनाउनुका साथै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि र अभ्याससँग जोड्न सहयोग पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार