शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

नेपाली सेनाका जवानले गरे श्रीमतीको हत्या 

नेपाली सेनाका जवानले गरे श्रीमतीको हत्या 

आक्रमणबाट जोगिँदै टिका आफ्नो कोठा भएको घरबाट भागेर छिमेकी तुल्सीराम ओलीको घरको पहिलो तलाको कौसीमा पुगेकी थिइन् । शालिकराम त्यही पुगेर हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । 

शुक्रबार, जेठ २५ २०८१
शुक्रबार, जेठ २५ २०८१
  • काठमाडौं । दाङमा नेपाली सेनाका अमलदार (जवान) ले श्रीमतीको हत्या गरेका छन् । 

    नेपाली सेनाका अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले आफ्नी २७ वर्षीया श्रीमती टीका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ । शालिकरामले दाङको तुल्सीपुर उपमहानगरपालिका– ६ कोठामै धारीले हतियार प्रहार गरेर श्रीमती टीकाको हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक प्रवक्ता प्रकाश थापाले जानकारी दिए । 

    प्रहरीका अनुसार शालिकराम र टीकाबीच जेठ १४ गते मात्र छोडपत्र भएको थियो । छोडपत्र भए पनि केही लेनदेन बाँकी रहेको र आफ्नो सामान लिन भन्दै शालिकराम आज टीकाको कोठामा गएको र त्यहाँ विवाद भएपछि घटना घटेको हो । 

    आक्रमणबाट जोगिँदै टिका आफ्नो कोठा भएको घरबाट भागेर छिमेकी तुल्सीराम ओलीको घरको पहिलो तलाको कौसीमा पुगेकी थिइन् । शालिकराम त्यही पुगेर हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । 

    सल्यानको कपुरबोट गाउँपालिका– ६ घर भएका शालिकराम ज्वालादल गण बारामा कार्यरत थिए । श्रीमती टीकाको हत्या गरेका उनलाई हाल इलाका प्रहरी कार्यालय तुल्सीपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार