सुनसरी । धरान उपमहानगरपालिका– १९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही उपमहानगरपालिका– १९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादेसहित ३ जना रहेका इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीका अनुसार गोपाल लामगादे समेत ३ जनाले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा बुधबार थप उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न तीनै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
