शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पक्राउ 

भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

पक्राउ पर्नेमा रूपन्देही रोहिणी गाउँपालिका– ४ ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठान रहेका

सोमबार, जेठ ७ २०८१
सोमबार, जेठ ७ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीमा ओमान पठाईदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा रूपन्देही रोहिणी गाउँपालिका– ४ ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठान रहेका छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

    पीडितको आफन्तको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका–९ शिबचोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार पठानले फ्रि भिसा र फ्रि टिकटमा ओमानमा मासिक ४० हजार रूपैयाँ पारिश्रमिक हुने प्रलोभन देखाएको, ओमान पठाईदिने भनि काठमाडौंबाट भारत पुर्‍याई भारतको मुम्बईबाट पीडितलाई २०७९ चैत ९ गते भिजिट भिसामा ओमान पुर्‍याएको र ओमान पुगेपछि ओमानी नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त ब्यूरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको छ । 

    पक्राउ परेका समसुद्धिन उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार