कञ्चनपुर । चेक अनादर मुद्धाका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका– ६ ऐठपुर बस्ने जनक राज जोशी रहेका छन् ।
कञ्चनपुर जिल्ला अदालतको २०७९ चैत ९ गतेको फैसलाले चेक अनादर मुद्धामा २ वर्ष कैद र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई फैसला कार्यान्वयनको लागि कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएकोमा तोकिएको कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ ।
