आज बिहान बुढीगण्डकीमा आक्स्मिक एउपमा आएको लेदोसहितको बाढीका कारण १० जना सम्पर्कविहिन भएका छन् ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीका अनुसार बाढीले २ वटा मोटरे र ६ वटा झोलुङ्गे पुल बगाएको छ ।
बाढीले आरुघाट र धादिङको त्रिपूरा सुन्दरी तथा सोती र मान्बु जोड्ने पक्की बुल बगएको छ । धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ।
यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका उनले बताए ।
गोरखाको चुमनुम्री गाउँपालिका- ३ पैंयु र बगरका करिब ३५ घर पनि बगाएको जनाइएको छ । बाढीले दोभान, सल्लेरी, जगतगाउँमा पनि क्षती पुर्याएको छ ।
