शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको

शनिबार, वैशाख २२ २०८१
शनिबार, वैशाख २२ २०८१
  • नुवाकोट । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा ककनी गाउँपालिका– ५ बस्ने ५८ वर्षीय भरत सुनार रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    जिल्ला अदालत नुवाकोटको २०७८ पुस २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ९ महिना २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले नुवाकोट ककनी गाउँपालिका– २ खानीखोलाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार उनलाई जिल्ला अदालत नुवाकोटमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार