शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका– २ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमला

बिहीबार , वैशाख २० २०८१
बिहीबार , वैशाख २० २०८१
  • झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक युवक पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका– २ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमला रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

    प्रहरीका अनुसार यस विषयमा आवश्यक अनुसन्धान भैरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार