एजेन्सी । भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छन् । भारतिय विदेश सचिव विक्रम मिश्रीले युद्धविराम गर्ने विषयमा जानकारी दिएका हुन ।
पाकिस्तानका डाईरेक्टर जनरल अफ मिलिटरी अपरेशन्सले भारतिय समय अनुसार दिउँसो ३:३५ बजे भारतका डाइरेक्टर जनरल अफ मिलिटरी अपरेशन्सलाई फोन गरेका थिए । जसमा युद्धविराम गर्ने विषयमा कुरा भएको भारतिय विदेश सचिव मिस्रीले बिबिसी हिन्दीलाई बताएका छन् ।
दुवै पक्षविच भएको छलफलमा भारतिय समयअनुसार साँझ ५ बजेदेखि लागू हुनेगरी जमिन , आकाश र समुन्द्र सबै प्रकारका गोलाबारी र सैनिक कार्वाही रोक्ने सहमति गरेको मिस्रीले बताए । दुवै पक्षलाई यसै समझदारी अनुसार कदम चाल्न निर्देशन गरिएको उनले बताए ।
दुवै देशका डाईरेक्टर जनरल अफ मिलिटरी अपरेशन्सले मे १२ को दिउँसो १२ बजे फेरि कुरा गर्ने पनि उनले बताए ।
