काठमाडौँ । राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारले तीन सदस्य सिफारिस समिति गठन गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार समितिको संयोजकमा अर्थमन्त्री पौडेलसँगै सदस्यहरूमा पूर्व गवर्नर विजय भट्टराई र अर्थविद विश्व पौडेल रहेका छन्। वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन लागेकाले सरकारले नयाँ गभर्नरको नियुक्ति प्रक्रियालाई अगाडि बढाएको हो ।
गभर्नर अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ।
