शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

मुख्यमन्त्री केजरीवाललाई जेलमा पहिलो पटक दिइयो इन्सुलिन 

मुख्यमन्त्री केजरीवाललाई जेलमा पहिलो पटक दिइयो इन्सुलिन 

एम्सका डाक्टरहरूको सल्लाहमा सोमबार साँझ केजरीवाललाई कम डोज इन्सुलिनको दुई इकाइहरू दिइएको तिहाड जेलका एक अधिकारीले जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

बागीपाेस्ट संवाददाता
मंगलबार, वैशाख ११ २०८१

एजेन्सी । मदिरा घोटाला प्रकरणमा तिहाड जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पहिलो पटक जेलमा इन्सुलिन दिइएको छ । 

एम्सका डाक्टरहरूको सल्लाहमा सोमबार साँझ केजरीवाललाई कम डोज इन्सुलिनको दुई इकाइहरू दिइएको तिहाड जेलका एक अधिकारीले जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

मुख्यमन्त्री केजरीवाललाई सुगरको मात्रा बढेको भन्दै तिहाडका डाक्टरहरुले इन्सुलिन दिने निर्णय गरेको जनाइएको छ । कथित मदिार घोटाला प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री केजरीवालले पदबाट राजीनामा दिएका छैनन् । उनले जेलबाट नै सरकार सञ्चालन गरिरहेका छन् । 

उनी अप्रिल १ देखि तिहाड जेलमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार