शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पूर्णबहादुरको सारङ्गी

‘पूर्णबहादुरको सारङ्गी’ बन्यो अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म

‘पूर्णबहादुरको सारङ्गी’ बन्यो अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म

यस चलचित्रले धेरै कमाउनेका साथै धेरै शो पाउने र छोटो समयमा धेरै ग्रस कलेक्सन गर्ने चलचित्रको समेत रेकर्ड राखेको

बुधबार, कात्तिक २८ २०८१
बुधबार, कात्तिक २८ २०८१
  • काठमाडौं । हाल प्रदर्शनरत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनाएको छ । 

    फिल्म प्रदर्शन भएको १३ औँ दिन मंगलबारसम्म ‘पूर्णबहादुरको सारङ्गी’ ले २५ करोड ४ लाख रुपैयाँ कमाएको छ । यस चलचित्रले यस अघि धैरै कमाउने फिल्म ‘कबड्डी ४’ को रेकर्ड तोडेको हो । वितरक कम्पनी ब्यांकेटस इन्टरटेन्मेटका अनुसार मंगलबार यस चलचत्रिले १ करोड ५ लाख रुपैयाँ कमाएको छ । 

    यस चलचित्रले धेरै कमाउनेका साथै धेरै शो पाउने र छोटो समयमा धेरै ग्रस कलेक्सन गर्ने चलचित्रको समेत रेकर्ड राखेको छ । 

    विजय बराल, बुद्धि तामाङ, अन्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल लगायतका कलाकारको अभिनय रहेको र सरोज पौडेलको कथा तथा निर्देशन रहेको ‘पूर्णबहादुरको सारङ्गी’ संवाद महेश दवाडीले लेखेका हुन् । 

    यस चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन भने कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार