मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

राजनीति

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित 

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित 

ट्रम्पले अमेरिकी इतिहासमा १३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित

बुधबार, कात्तिक २१ २०८१
बुधबार, कात्तिक २१ २०८१
  • काठमाडौं । अमेरिकाको नयाँ राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । 

    ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । रिपब्लिकन उम्मेदवार ट्रम्पले २७७ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ह्यारिसले २२४ इलेक्टोरल मत प्राप्त गरेकी छन् । 

    अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन् ५ सय ३८ मध्ये कम्तीमा २७० इलेक्टोरल मत ल्याउनुपर्छ । ट्रम्पले अमेरिकी इतिहासमा १३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित भएका हुन् । 

    व्यक्तिगत रुपमा उनको यो दोस्रो कार्यकाल हुनेछ । सन् २०१६ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए ।

    ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसहित विभिन्न देशका नेताहरुले बधाई दिएका छन् । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार