शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

दैवी प्रकोप उद्धार कोष

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा 

यो सातामा १० दाताहरुले कोषमा रकम दाखिला गरेका

बिहीबार , कात्तिक १ २०८१
बिहीबार , कात्तिक १ २०८१
  • काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ । 

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले असोज ३० गतेसम्मको विवरण सार्वजनिक गर्दै पछिल्लो एक सातामा कोषमा जम्मा भएको रकमबारे जानकारी दिएको हो । 

    पछिल्लो सातामा साल्ट ट्रेडिङ कर्पाेरेसनले ६० लाख रुपैयाँ कोषमा सहयोग गरेको छ । गैर आवासिय नेपाली संघले ५१ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ । 

    त्यस्तै, नेसनल इन्सुरेन्स कम्पनीले १० लाख, विद्युत उत्पादन कम्पनीले ५ लाख ९६ हजार, राष्ट्रिय समाचार समितिले ३ लाख २६ हजार रुपैयाँ कोषमा जम्मा गरेका छन् । 

    यो सातामा १० दाताहरुले कोषमा रकम दाखिला गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार