काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
दल्लीको मदिरा घोटाला प्रकणमा पक्राउ परेर गत अप्रिल १ गतेदेखि तिहाड जेलमा रहेका मुख्यमन्त्री केजरीवाल यही सेप्टेम्बर १३ मा रिहा भएका थिए । सर्वाेच्च अदालतको आदेशपछि जमानतमा रिहा भएको २ दिनपछि मुख्यमन्त्री केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
“म मुख्यमन्त्रीको कुर्सीबाट राजीनामा दिनेछु र जनताको निर्णय नआएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन् । म जनताको बीचमा जान्छु, हरेक घरघरमा जान्छु, गल्लीमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन्,” उनले भने ।
केजरीवालले आफूले देशको लोकन्त्र बलियो बनाउनकै लागि जेलबाट राजीनामा नदिएको र जेलबाट पनि सरकार चलाउन सकिन्छ भन्ने प्रमाणीत गरेको बताए ।
केजरीवालले सेप्टेम्बर १५ मा दुई दिन वा ४८ घण्टापछि आफूले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । उनको घोषणाको समयावधि आज सकिँदैछ । केजरीवालले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको नाम तय गरिनेछ ।
