बुधबार, भदौ ३ गते २०८३    

बुधबार, भदौ ३ गते २०८३    

सन्दीप लामिछाने प्रकरण

गौशाला– २६ ले सन्दीप लामिछानेविरुद्ध पुनरावेदन नगर्ने 

गौशाला– २६ ले सन्दीप लामिछानेविरुद्ध पुनरावेदन नगर्ने 

“पीडितले निवेदन दिँदैमा मुद्दा अघि बढ्ने वा नबढ्ने भन्ने हुँदैन हामीले मिसिल फाइल र तथ्य प्रमाण हेरेर निर्णय गछौं,” ती अधिकारीले भने । 

शुक्रबार, साउन ११ २०८१
शुक्रबार, साउन ११ २०८१
  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउँदै आएकी गौशाला– २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन नगर्ने भएकी छन् । 

    गौशाला– २६ ले सरकारी वकिल कार्यालयलाई निवेदन लेख्दै मुद्दालाई थप अगाडी नबढाउन आग्रह गरेको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ । उनले महान्यायाधीवक्ताको कार्यालयलाई पनि निवेदन दिएको जनाइएको छ । 

    उनले बुधवार महान्यायाधीवक्तालाई भेटेर निवेदन दिएकी थिइन् भने आज उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गराएकी हुन् । सरकारी वकिलमा दर्ता नम्बर ३३२ रहेको छ । सरकारी वकिल कार्यालयका अनुसार उनले यो मुद्दाले आफूलाई सामाजिक र मानसिक रुपमा धेरै गाह्रो परेकाले पुनरावेदन नगर्दिनु भन्ने आशयको निवेदन दिएको जनाइएको छ । 

    यस अघि गौशाला– २६ ले हालेको मुद्दाका आधारमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गरेको थियो । तर, जिल्लाको सो फैसला उल्टाउँदै उच्च अदालतले सन्दीपलाई सफाई दिएको छ । 

    उच्च अदालतले सफाई दिए पनि लामिछानेविरुद्धको मुद्दामा सर्वाेच्च अदालतमा पुनरावेदन गर्ने बाटो खुल्ला रहेको छ । तर पीडित युवती गौशाला– २६ ले नै पुनरावेदन नगर्न भनेर सरकारी वकिल कार्यालय र महान्यायाधीवक्ताको कार्यालयमा निवेदन दिएकी हुन् । 

    सरकारी वकिल कार्यालयका एक अधिकारीले भने पुनरावेदन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्ने सरकारी वकिलले मात्रै रहेको बताए । “पीडितले निवेदन दिँदैमा मुद्दा अघि बढ्ने वा नबढ्ने भन्ने हुँदैन हामीले मिसिल फाइल र तथ्य प्रमाण हेरेर निर्णय गछौं,” ती अधिकारीले भने । 

    यो मुद्दामा अदालतबाट फैसलाको पूर्णबाट बिहिवार मात्रै प्राप्त भएकाले थप अध्ययन गरेर पुनरावेदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने उनले बताए । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार