शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

मनोरञ्जन

‘के घर के डेरा : घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्धित 

‘के घर के डेरा : घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्धित 

फिल्मको छायांकन साउन २५ गतेदेखि सुरु हुने जनाइएको छ । 

सोमबार, साउन ७ २०८१
सोमबार, साउन ७ २०८१
  • काठमाडौं । अभिनेता निश्चल बस्नेत के घर के डेराः घर नम्बर २’ मा अनुबन्धित भएका छन् । 

    दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको हो । यस अघि यो फिल्ममा नायक खगेन्द्र लामिछाने अनुबन्धित भएका थिए । निश्चलको प्रवेशसँगै यो फिल्मको लाइनअप बलियो बन्ने देखिएको छ । 

    ‘के घर के डेरा स् घर नम्बर २’ को कुरा गर्दा ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा बुद्धिसागरले लेखेका हुन् । शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

    चलचित्रको लागि अझै अन्य ४ जना कलाकारहरुलाई मुख्य भूमिकामा अनुबन्धित गर्न बाँकी रहेको निर्माण पक्षले बताएको छ । फिल्मको छायांकन साउन २५ गतेदेखि सुरु हुने जनाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार