काठमाडौं । नेपाली बजारमा यो साता सुनको भाउ निरन्तर बढेको छ । लगातार उकालो लागे सुन आज पनि प्रतितोला एक सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार प्रतितोला एक लाख ४३ हजार रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै हिजो एक लाख एक लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख ४३ हजार ७ सय रुपैयाँमा किनबेच भैरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
