काठमाडौं । बिहिवार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४४ हजार र तेजाबी सुन प्रतिलोला एक लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ ।
बुधवार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलानामा आज सुनको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँले बढेको हो ।
त्यस्तै चाँदीको मूल्य पनि आज प्रतितोला २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
यस अघि सुन जेठ २२ गते हालसम्मकै उच्च मुल्यमा कारोबार भएको थियो । त्यस दिन सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार सात सय पुगेको थियो । आज भने सुनले उक्त मूल्यमा नयाँ रेकर्ड बनाएको हो ।
