काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका क्रममा ताइवान दुवै देशबीचको सम्बन्धमा सबैभन्दा संवेदनशील र महत्वपूर्ण विषय भएको बताए ।
उनले चेतावनी दिँदै यो मुद्धालाई चेतावनीपूर्वक नसम्हालिए यसले क्षेत्रीय तनाव बढाएर खतरनाक स्थिति सिर्जना गर्न सक्ने उल्लेख गरे । दुई नेताबीचको बैठकका क्रममा व्यापार वार्तामा प्रगतिको संकेत गर्दै सीले सहकार्य दुवै देशको हितमा रहेको र टकरावले नोक्सान पुर्याउने बताए ।
चीनले ताइवानमाथिको आफ्नो दाबी दोहोर्याउँदै अमेरिकाले यो मुद्धामा संयम अपनाउने अपेक्षा गरेको छ । अर्काेतर्फ, अमेरिकाले ताइवानलाई रक्षा सहयोग उपलब्ध गराउँदै आएको छ । यो बेइजिङको चिन्ताको प्रमुख कारण बनेको छ ।
चीनले स्वशासित ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा दाबी गर्दै आएको छ । यसलाई मुख्य भूमिसँग पुनः एकीकरण गरिनुपर्नेमा चीनले जोड दिँदै आएको छ ।
