शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

गरिबको भोटमाथि धनीको शासन : पूर्वमन्त्री किराँती 

गरिबको भोटमाथि धनीको शासन : पूर्वमन्त्री किराँती 

सोमबार, चैत ३० २०८२
सोमबार, चैत ३० २०८२
  • काठमाडौं । पूर्वमन्त्री सुदन किराँतीले मन्त्रीपरिषद्का सदस्यको सम्पत्तिविवरणबारे कटाक्ष गर्दै ‘गरिबको भोटमाथि धनीले शासन’ गरिहेको बताएका छन् । 

    प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरुको समपत्ति विवरण सार्वजनिक भएसँगै किराँतीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो कटाक्ष गरेका हुन् । केही युवाले नेपालमै अत्यधिक सम्पत्ति कमाएको स्पष्ट भैसकेको उनको भनाई रहेको छ ।  

    उनले लेखेका छन्, “स्वदेशमा त सम्पत्ति कमाउने अवसर छैन भन्छन् त्यसैले होला लाखौं युवाहरु सम्पत्ति कमाउन  विदेश गइरहेका छन् । तर, केही युवाले त नेपालमै अत्याधिक सम्पति कमाएका रहेछन् भन्ने मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणबाट स्पष्ट हुन्छ ।”

    एक जना भुक्तभोगीले भनेको भन्दै किराँतीले लेखेका छन्, “अत्याधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ कि आफैले गडबडी गरेको हुनुपर्छ ।”

    सम्पत्ति विवरण बुझाउँदा नियम अनुसार स्रोत खुलेकै हुनुपर्छ भन्दै उनले राज्यलाई कर चाहिँ तिरिएको छ कि छैन ? भन्दै प्रश्न समेत गरेका छन् । हदबन्दी भन्दा बढी जग्गा जमिन हुनेहरूलाई कानुन अनुसार कारबाही गर्न उनले सरकारसँग माग समेत गरेका छन् । 

    प्रधानमन्त्री बालेन्द्र शाहको श्रीमतीको नाममा सुन मात्रै १९० तोला र गृहमन्त्री सुदन गुरुङको ८९ तोलसहित हद बन्दी भन्दा धेरै जग्गा जमिन सहित सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ भने स्रोत स्पष्ट गर्नुपर्ने माग बढीरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार