शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

शान्ति वार्ता

अमेरिका र इरानबीच इस्लामाबादमा शान्ति वार्ता सुरु 

अमेरिका र इरानबीच इस्लामाबादमा शान्ति वार्ता सुरु 

शनिबार, चैत २८ २०८२
शनिबार, चैत २८ २०८२
  • काठमाडौं । अमेरिका र इरानबीच इस्लामाबादमा औपचारिक रुपमा शान्तिवार्ता सुरु भएको छ । 

    अमेरिकी सञ्चार माध्यम सीएनएले सरकारी सञ्चार माध्यमलाई उधृत गर्दै शनिबार दिउँसो देखि नै तीनै देशका वार्ताकारहरु प्रत्यक्षमा रुपमा जुटेको उल्लेख गरेको छ । सुरुमा अनौपचारिक रुपमा पाकीस्तानी मध्यस्थकर्ता मार्फत् वार्ता भएको र त्यसपछि विशेषज्ञ चरण्मा प्रवेश गरेको बताइएको थियो । 

    दुवै देशका अधिकारीहरुबीच इस्लामाबादस्थित पाँच तारे होटेल सेरेनामा वर्ता भैरहेको जनाइएको छ । वासिङ्गटन र तेहरानबीच सन् १९७९ को इरानी स्लामिक क्रान्तिपछि हुन लागेको यो पहिलो उच्चस्तरीय वार्ता हो । 

    मार्च ८ मा पाकिस्तानको मध्यस्थतामा दुई हप्ताका लागि युद्ध विराम भएपछि आज औपचारिक वार्ता सुरु भएको हो । अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा विशेष सल्लाहकार जेरेड कुशनर र विशेष दूत स्टीव विटकफसहितको प्रतिनिधिमण्डल वार्तामा सहभागी भएको छ । 

    त्यस्तै इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसदका सभामुख मोहम्मद बाकर कालिबाफले गरेका छन् भने विदेशमन्त्री अब्बास अराक्ची सहितको इरानी प्रतिनिधिमण्ड वर्तामा सहभागी भएको छ । 

    वार्ता सुरु हुनु अघि पाकिस्तानी शहबाज शरिफले दुवै देशका प्रतिनिधिहरुसँग छुट्टा–छुट्टै छलफल गरेका थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार